नरेश यादव, पर्सागढी, २८ भदौ/
वीरगंज महानगरपालिका–२२ मनियारीका सिकेन्द्रप्रसाद यादवसँग साँवा र ब्याजबापतको रकम लिएर पनि जग्गा फिर्ता नगरेको कसूरमा पुरुषोत्तम मिश्रलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
कालिकामाई गाउँपालिका–३ हरिहरपुर घर भई हाल वीरगंज महानगरपालिका–१३ राधेमाईटोलमा बस्दै आएका मिश्रले यादवसँग दुई कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा नामसारी गर्नुका साथै पत्नी मञ्जुदेवी ब्राह्मिणको नाममा रु २० लाखको तमसुक पनि गराएर मिश्रसँग रु १८ लाख ऋण लिएका थिए । सोबापतको साँवा र ब्याज तिरेपछि मिश्रले तमसुक फिर्ता गर्न र जग्गा नामसारी गर्न नमानेपछि यादव प्रहरीको शरणमा गएका हुन् ।
प्रहरीले यादवले मिश्रसँग लिएको रकम विभिन्न चरणमा तिरेको प्रमाण हेरी तमसुक र जग्गा फिर्ताका लागि मिश्रलाई तीन दिन अघि पक्राउ गरी जिप्रका, पर्सामा राखेको छ । यादवले मिटरब्याजी सम्बन्धमा निवेदन दिएको र मिश्रलाई पक्राउ गरी सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।