प्रस, पोखरिया, २७ भदौ/
पोखरिया–वीरगंज सडकखण्ड अन्तर्गत गर्दौल र बैरियाबीचमा पर्ने कल्भर्ट छेउमा खाल्डो परेर सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
हिजो बुधवार रातिको वर्षाले कल्भर्ट छेउको माटो बगाएर कालोपत्र सडकमा खाल्डो परेको र आवतजावतमा समस्या भएको स्थानीय रामकलश चौरसियाले बताए ।
पोखरिया–वीरगंज अन्तर्गत हुलाकी सडकमा दैनिक हजारौंको सङ्ख्यामा सवारीसाधनहरूको आवतजावत हुने गर्छ ।
खासगरी रात्रिकालीन सवारीसाधनहरू खाल्डोमा परेर दुर्घटनाको शिकार हुन सक्ने भन्दै चौरसियाले छिटो मर्मतका लागि आह्वान गरेका छन् ।