प्रस, जनकपुरधाम, २६ मदौ/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचारमुक्त जनसेवाका लागि प्रदेश सरकार प्रबद्ध रहेको बताएका छन् ।
“सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी बनाउँदै राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ,” मुख्यमन्त्री सिंहको भनाइ थियो ।
जनकपुरधाममा बुधवार आयोजित भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।
उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको चर्चा गर्दै मुलुकका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न प्रदेश सरकारले नीतिगत, कानूनी र संस्थागत कार्य गर्ने जानकारी दिए । मुख्यमन्त्री सिंहले सबै किसिमका भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी नैतिकतामा आधारित समाजको स्थापना गर्नु चुनौतीपूर्ण रहेको भन्दै सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त र प्रभावकारी बनाउन अधिकतम साधनस्रोत तथा संयन्त्र परिचालन गर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा सङ्घीय मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्र थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।