प्रस, पोखरिया, २६ भदौ/
आत्महत्या दुरूत्साहन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार इलाका प्रहरी कार्यालय पोखरियाले सचेतना मुलक कार्यक्रम गरेको छ ।
प्रहरी निरिक्षक राजन ढकालको अगुवाईमा इप्रका पोखरियाका प्रहरीले पोखरिया बजार क्षेत्रमा माइकिङ्ग र पर्चा पम्पलेटद्धारा नागरिक सचेतना कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा प्रहरीले माइकिङ्ग, पर्चा र पम्पलेटमार्फत आत्महत्या गर्न सक्ने अवस्थाका मानिसहरूलाई घरमा माया गरी राख्ने, त्यस्तो अवस्थाको पहिचान भए परिवार, समाज र प्रहरीको सहयोग लिएर पनि आत्महत्या रोक्न सकिने जानकारी गराइएको थियो । आत्महत्या गर्नु अपराध पनि भएकोले यसो नगर्न र कसैलाई गर्न पनि दिनका लागि सचेत हुन आग्रह गरिएको थियो ।