बलिराम शुक्ला, बिरुवागुठी, २६ भदौ/
सखुवाप्रसौनी गाउँपालिकामा जलवायु परिवर्तनसम्बन्धी बुधवार अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सखुवाप्रसौनी गापा–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सियरही सथवलमा आयोजित जलवायु परिवर्तन प्रभावलाई महसूस गर्ने हामी पहिलो पुस्ता र केही गर्न सक्ने अन्तिम पुस्ता हांै भन्ने अन्तरसंवाद कार्यक्रमको गापाध्यक्ष जसवन्त यादवले उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गापाध्यक्ष यादवले जलवायु परिवर्तनकै कारण अहिले अत्यधिक मात्रामा गर्मी बढेको, पानी कम पर्ने गरेको, हावामा प्रदूषण बढेको र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको बताए । उनले जलवायु परिवर्तनमा आफ्नो पालिकामा काम गर्ने सङ्घसस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको सो कार्यक्रममा वृद्धवृद्धा र युवाहरूको सहभागितामा वृद्धवृद्धा र युवाहरूबीच जलवायु परिवर्तनसम्बन्धी पहिले र अहिलेको परिवर्तनबारे अन्तरसंवाद भएको थियो ।

कार्यक्रममा रेसलेस डेभलपमेन्ट काठमाडौंका कार्यक्रम संयोजक सङ्गीता महर्जनले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् भने उज्ज्वल उपाध्यायले जलवायु परिवर्तनसम्बन्धी अन्तरपुस्ता संवाद प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण जयकान्त उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here