प्रस, पोखरिया, २६ भदौ/
जीराभवानी गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख शिवराज फुयाँलले सबैजना साक्षर हुनुपर्ने बताए ।

क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोगमा आसमान नेपाल र जीराभवानी गापाले ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा निमावि र माविस्तरीय हाजिरीजवाफ प्रतियोगिताको बुधवार उद्घाटन गर्दै शिक्षा शाखा प्रमुख फुयाँलले सरकारले नागरिक साक्षरताका लागि धेरै लगानी गरेको बताए ।

उनले विद्यालयस्तरमा अहिले शिक्षाको महŒव बढ्दै गएको र यसलाई अझ बढी प्रभावकारी बनाउनका लागि विद्यार्थीहरूमा रहेको भेदभावको नीतिमा परिवर्तन हुुनुपर्ने बताए । जात, रङ्ग, वर्णका आधारमा विद्यार्थीहरूमा भेदभाव नगरी समानरूपले शिक्षा आर्जन गर्ने वातावरणको निर्माण गरिएको खण्डमा सबैजनाको पहुँच शिक्षामा हुने र यसले देश, समाज र परिवारमा पनि समृद्धि ल्याउने बताए ।

बितो महतो माविका प्रधानाध्यापक रामाशङ्कर चौधरीको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगिता उद्घाटन समारोहमा आमोदप्रसाद यादव, प्रअ शम्भु महतो, आसमान नेपालका मनोज साहलगायतले जीराभवानी गापामा रहेका सामुदायिक विद्यालय अन्तर्गत निमावि र मावि तहका विद्यालयहरूको अवस्थाका बारे चर्चा गरेका थिए ।

प्रतियोगितामा पाँचवटा विद्यालय सहभागी रहेकामा नेरामावि कठक्युइया वसन्तपुर प्रथम, बितो महतो मावि द्वितीय र नेरा आधारभूत निमावि शङ्करसरैया तृतीय भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here