प्रस, निजगढ, १० भदौ/
क्यान्सरपीडितलाई युथ अफ निजगढले सोमवार आर्थिक सहयोग गरेको छ । निजगढ नगरपालिका–८ सुुकुमबासीबस्ती गैरीगाउँकी ४७ वर्षीया रेणुकाकुमारी माझीलाई १० हजार एक सय रुपैयाँ युथ अफ निजगढले आर्थिक सहयोग गरेको हो । 

सहयोग हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिका–९ का कार्यवाहक अध्यक्ष सालिकराम ढुुङ्गानाले युथ अफ निजगढले क्यान्सर, मुटु, मिर्गौला रोगपीडित बिरामीहरू, दीनदुःखी, गरीब, असहाय, आगलागीपीडित, अपाङ्गलगायतलाई सहयोग गर्दै आएकोमा धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here