प्रस, वीरगंज, १० भदौ/
ज्ञानदा एकेडेमी वीरगंजले भविष्यको गतिशील शैक्षिक परिदृश्यको लागि शिक्षकहरू तयार पार्न शिक्षा ४.० परिभाषित गर्ने तालीमको आयोजना गरेको थियो ।

कार्यक्रम संयोजक त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक एवं केन्द्रीय विभाग सर्टिफिकेट अफ अचिभमेन्टका बाबुराम तिम्सिनाले कक्षा कोठा र बाहिरको शिक्षाको भविष्य र त्यससँग जोडिनका लागि कस्तो प्रकारको वर्गीकरण आवश्यक पर्ने बारेमा जानकारी गराएका थिए ।

यसैगरी, उनले नवीन शैक्षिक रणनीतिहरू, सहयोगी सिकाइ अनुभवहरू बढाउन र भविष्यको गतिशील शैक्षिक परिदृश्यको लागि शिक्षकहरूलाई तयार पार्न महŒवपूर्ण भूमिका खेल्नेबारेमा जानकारी गराएका थिए । उनले सो क्रममा आफ्ना अनुभवहरू साटासाट गर्दै उनले पहिलाको घोकन्ते परिपाटीबाट निर्देशित शिक्षाभन्दा अहिलेको पद्धति अपनाइ पठनपाठन गर्दा निकै उपयोगी हुने र भविष्यमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए ।

एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानदा एकेडेमीमा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकशिक्षिकाहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here