प्रस, वीरगंज, ६ भदौ/
जिल्ला प्रहरी कार्यालय, रौतहटले चाडपर्वको नाममा अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न रोक लगाएको छ ।

बिहीवार सूचना जारी गर्दै राति अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न रोक लगाएको जिप्रका, रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।

सूचनामा अनुमतिविना चाडपर्वको नाममा गाउँमा अश्लीलता झल्किने किसिमका भोजपुरीको गीत गाउने, लवण्डा नचाउने, आर्केस्ट्रा नचाउने, मनोरञ्जनका नाममा जुवातास खेलाउनेलगायतका गतिविधि गरेको पाइएमा सोको जिम्मेवार आयोजक पक्ष हुने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here