प्रस, वीरगंज, ६ भदौ/
ज्यान तथा डाँकासम्बन्धी कसूरमा फरार रहेका एकजनालाई वीरगंज महानगर–११ मुर्लीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पर्सा जिल्ला अदालतले ज्यानसम्बन्धी कूुर तथा डाँका मुद्दामा कैद जरिवाना तोकेपछि फरार रहेका वीरगंज–११ मुर्ली निवासी कृष्णा साह तेलीलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक दीपक भारतीले बताए । पक्राउ परेका तेलीलाई पर्सा जिल्ला अदालतमा बुझाउने उनले बताए ।