प्रस, वीरगंज, ५ भदौ/

वीरगंज महानगर–१४ गण्डक बहुअरी निवासी वीरगंज एलएस न्युरो अस्पतालमा कार्यरत डा अमिर हुसेन अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। डा अंसारीलाई अस्पताल परिसरबाट बुधवार बिहान पक्राउ गरिएको हो।

उनीमाथि आठ वर्ष अघि ठगी मुद्दा दर्ता भएको वीरगंज महानगर–१ छपकैया निवासी वडाध्यक्ष मनोज कुर्मीले बताए।

पक्राउ परेका डा. अन्सारीका पिता जाकीर अन्सारीले वडाध्यक्ष कुर्मीसँग पौने तीन करोड जग्गाबापत लिएका थिए। तर कोरोनाकालमा जाकीरको मृत्यु भएपछि वडाध्यक्ष कुर्मीले सो

रकम प्राप्तिका लागि डा. अन्सारी र निजकी आमा नाजमी परवीनविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास

वीरगंजमा रिट दिएका थिए। सोही लेनदेन मुद्दामा उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको र प्रहरीले डा. अन्सारीलाई आज पक्राउ गरेको हो।

डा. अन्सारीका पिता जाकीर अन्सारीले जीतपुर केराढोका भन्ने ठाउँमा रहेको आफ्नो नामको जग्गा वडाध्यक्ष कुर्मीलाई बिक्री गर्ने भनेर करीब आठ वर्ष अघि पौने तीन करोड बुझेका थिए। 

रकम लिएका अन्सारीले जग्गा पास नगरेको र रकम आजभोलि फिर्ता गर्छु भनेर आलटाल गर्दै आएका थिए। यसैबीच उनले सो जग्गा स्थानीय मुनीर भन्नेलाई बिक्री गरेको थाहा भएपछि वडाध्यक्ष कुर्मीले उनीविरुद्ध रिट गरेका थिए। वडाध्यक्षलाई जग्गा बिक्री नगरी उनको रकम पनि फिर्ता नगरेका अन्सारी भने भारतमा लुकी बसेका थिए। उनको कोरोनाकालमा मृत्यु भएको र अदालतले हालै छोरा डा. अन्सारी, पत्नी परवीनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here