बलिराम शुक्ला, बिरुवागुठी ५ भदौ/

सबैया साझेदारी वन र विन्ध्यवासिनी कोइलाभार वन क्षेत्रको सीमा अमवाघाट जङ्गलबाट गएराति वन गश्ती टोलीले दुई थान सालको चारपाटासहित दुईवटा साइकल बरामद गरेको छ।

जङ्गलबाट काँचो सालको रूख कटान गरी चारपाटा बनाई साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा सबडिभिजन वन कार्यालय बडनिहारका जमदार जीतबहादुर तामाड्ढो कमान्डमा खटेको टोलीले दुर्ई थान सालको चारपाटा (करीब १० क्युफिट)सहित दुईवटा साइकल बरामद गरेको हो।

तस्करहरू वन गश्ती टोलीलाई देखेपछि काठ र साइकल छाडेर फरार भएका थिए।  बरामद काठ र साइकल कारबाईको लागि सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको र फरार तस्करहरूको खोजी भइरहेको वन अधिकृत उज्ज्वल यादवले बताए।

तस्करहरूले राष्ट्रिय वनमा काँचो  सालको रूख कटान गरी गोलिया र चारपाटा बनाई साइकल/ मोटरसाइकलमा राखेर अवैधरूपमा पर्साको ग्रामीण भेगमा सञ्चालित फर्निचर तथा समिलहरूमा पु–याउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here