प्रस, सर्लाही, ३ भदौ/

आम जनता पार्टीनिकट आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाईको माग गरेको छ। 

मोर्चाका अध्यक्ष ठगा दासको नेतृत्वमा गएको टोलीले विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय, सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। 

प्रधानमन्त्री केपीशर्मा ओली र मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंहलाई बोधार्थ गर्दै सम्पूर्ण गरीब दलितलाई आवासको व्यवस्था गर्न माग गरिएको छ। 

दलित मोर्चाका अध्यक्ष ठगा दासले भने–मधेस सरकारले जनता आवास कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, महेन्द्रनारायण निधि आवास निर्माण कार्यक्रम ल्यायो तर पनि दलित समुदायको घर निर्माण हुन सकेन। अहिले फेरि मधेस सरकारले मदन भण्डारी आवास निर्माण कार्यक्रम ल्याएको छ। आयोजनाको नाम परिवर्तन हुन्छ तर हाम्रो घर निर्माण हुँदैन। हाम्रो नाममा लुट्ने काम सरकारले गरिरहेको छ। भ्रष्टाचारीलाई कारबाई गर्नुपर्ने र हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो। 

उनले घर पनि निर्माण नहुने र  हाम्रो नाममा देश लुट्ने काम भइरहेकोले सरकारले हाम्रो माग सम्बोधन नगरे बाध्य भएर आन्दोलनमा उत्रिन्छौं– उनले भने। 

टोलीमा आम जनता पार्टीका प्रवक्ता चन्द्रभूषण साह, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, स्थायी कमिटीका सदस्यहरू रवीन्द्र सिंह, सुनीता साह, आजपा सर्लाहीका अध्यक्ष डा. नवलकिशोर साह, आम दलित मोर्चाका नेता रामलोचन दासको सहभागिता थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here