प्रस, सर्लाही, २ भदौ/
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली काङ्ग्रेस र नेकपा एमालेको दुर्ई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताएका छन्।

सोमवार आजपाको सर्लाही जिल्ला भेलालाई मलङ्गवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेशविपरीत सीमित नेताको स्वार्थमा बनेको काङ्ग्रेस र एमालेको दुर्ई दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे। उनले भने, यो गठबन्धन नै जनादेशविपरीत छ। केही सीमित नेताको स्वार्थका लागि बनेको गठबन्धन हो। वास्तवमा यो गठबन्धन होइन, ठगबन्धन हो।

अध्यक्ष साहले भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनान्दोलनको विकल्प नभएको बताए। उनले दलाल दलतन्त्रविरुद्ध जनान्दोलनको तयारीमा जुट्न आहवान गरे।

उनले युवाहरू विदेशमा मर्नुपर्ने स्थिति अन्त्य गर्नका लागि तेस्रो जनान्दोलनको विकल्प छैन भनी बताए। भ्रष्टाचारीहरू अहिले सम्मानित भइरहेका छन् तर स्वाभिमानी युवाहरू अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्था अन्त्य हुनैपर्छ। अध्यक्ष साहले भ्रष्टाचारीलाई जोगाउने, सम्मान गर्ने कामले देश कङ्गाल बन्दै गइरहेको बताए। आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरू उठनैपर्ने उनको भनाइ थियो।

अध्यक्ष साहले देशमा लोकतन्त्र कमजोर भएको बताउँदै दलाल दलतन्त्रका कारण अहिले युवाहरू देशमैं रोजगार नपाउने अवस्था आएको बताए। उनले लोकतन्त्रलाई पार्टीका नेताहरूले मिलेर मासे र दलतन्त्र ल्याए। आज दुर्ई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेको आरोप लगाए।

अध्यक्ष साहले एमाले र काङ्ग्रेसको दुर्ई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्दै उनले एमाले र काङ्ग्रेसको दुर्ई दलीय सिन्डिकेट नतोडी देशको कल्याण नहुने बताए।
डा. नवलकिशोर साहको अध्यक्षतामा भएको भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव उमेश कुशवाहालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here