प्रस, वीरगंज, २ भदौ/
एपेक्स म्यानेजमेन्ट कलेजले साउन १६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट ६६ सिटको लागि बिबिए कार्यक्रमको सम्बन्धन प्राप्त गरेको छ।

कलेजले यसै शैक्षिक सत्रदेखि बिबिए कार्यक्रममा भर्नाको शुभारम्भ गर्दैछ। यस कार्यक्रमा भर्ना हुन कक्षा १२ मा कुनै पनि समूहबाट १.८० जिपिए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने क्याम्पसका सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्रकुमार चौधरीले बताए।

विश्वविद्यालयले भदौ ३१ गते प्रवेश परीक्षा लिंदैछ। उक्त परीक्षामा सामेल हुन विद्यार्थीहरूले भदौ २५ गतेभित्र प्रवेश परीक्षा फाराम भरी सक्नुपर्ने अध्यक्ष्F डा चौधरीले बताए। प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीले बिबिए पढ्न पाउने र कलेजले भदौ १५ गतेदेखि प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने उनले बताए।

कलेजले बिबिए कार्यक्रम अर्थात् ८ सेमेस्टरको लागि चार लाख पचास हजार रूपियाँँ शुल्क निर्धारण गरेको छ भने विद्यार्थीहरूको सिकाइ सहज गर्नको लागि प्रथम सेमेस्टरमा हरेक विद्यार्थीलाई निश्शुल्क ल्यापटप दिनेछ। यसैगरी प्रत्येक सेमेस्टरमा न्यूनतम ३ वटा तालीम तथा सेमिनार सञ्चालन गरिने र यसले नयाँ युगको माग अनुसार व्यावहारिक ज्ञानसहितको शिक्षण पद्धतिलाई अगाडि बढाउन सहज हुने उनले बताए।

सो कलेजको सिस्टर कन्सर्न वीरगंज कलेजले कक्षा ११ तथा १२ मा पत्रकारिता पढ्ने पत्रकारहरूलाई विशेष छुटमा पत्रकारिता पढइरहेको र पत्रकारका छोरा, छोरी वा स्वर्य पत्रकारले बि.बि.ए. वा बि.बि.एस. कार्यक्रम पढ्न चाहेमा कलेजले सक्दो छुटको व्यवस्था मिलाउने अध्यक्ष डा चौधरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here