प्रमोद यादव, पचागावाँ, २ भदौ/
पर्सागढी नगरपालिका–६ चैनपुरस्थित बिगा यादव हिरमतिया देवी आधारभूत विद्यालयमा चाइल्ड सपोर्ट अर्गनाईजेशन जापानको सहयोग र गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान लाजिम्पाट, काठमाडौंको सहकार्यमा शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यालयमा अध्यनरत दलित जेहेन्दार सीमान्तकृत छात्रछात्रा गरी दुई सयजनालाई शैक्षिक सामग्री कपी, कलम, पेन्सिल, इरेजर र फलफूल वितरण गरिएको थियो।
कार्यक्रममा जापानबाट आएका संस्थाका पदाधिकारीहरूले शैक्षिक क्रियाकलापबारे जनचेतना प्रदान गर्नुको साथै चित्रकला, हस्तकला, खेलकूद, बाल मैत्रीपूर्ण वातावरण र प्रविधि शिक्षाबारे जानकारी लिएका थिए। कार्यक्रममा प्रतिष्ठान संयोजक गणेश लामा, जापानी संस्थाका पर्सा संयोजक हरिप्रसाद यादवलगायतको सहभागिता थियो।