प्रस, वीरगंज, ३२ साउन/
वीरगंज महानगरपालिका कार्यालयको राजस्व गत वर्षको तुलनामा यस वर्षको साउन महीनामा घटेको छ ।

महानगरपालिकाले आव २०८०/८१ मा छ करोड ३० लाख ३१ हजार ४४० सङ्कलन गरेको थियो भने चालू आव २०८१/८२ को साउनमा पाँच करोड २३ हजार ६३० मात्र सङ्कलन गरेको छ । गत वर्षको तुलनामा चालू आवको साउनमा एक करोड ३० लाख कम छ ।

राजस्व महाशाखाका प्रमुख मनोज कर्णले साउनमा सम्पत्ति करबाट दुई करोड १० लाख ७१ हजार, भूमि/मालपोतबाट १५ लाख ३४ हजार, घरबहाल कर ५६ लाख ४४ हजार, बहाल बिटौरी कर एक लाख दुई हजार, सवारीसाधन कर (साना सवारी) ९४ हजार, अन्य मनोरञ्जन कर एक लाख ४६ हजार, व्यवसाय रजिस्टे«शन दस्तुर ४४ लाख दुई हजार, अखेटोपहारमा लाग्ने कर ६२ लाख ३३ हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ हजार, निजी धाराबापतको शुल्क १८३०, अन्य सेवा शुल्क ५७ लाख पाँच हजार, अन्य प्रशासनिक सेवा शुल्क चार लाख नौ हजार, नक्शापास दस्तुर १४ लाख ९१ हजार, सिफारिश दस्तुर १८ लाख २७ हजार, व्यक्तिगत घटना दस्तुर दुई लाख ५५ हजार, नाता प्रमाणित दस्तुर एक लाख ९३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफत सात लाख २५ हजार, बेरुजू एक लाख २६ हजार गरी पाँच करोड २३ हजार ६३० राजस्व सङ्कलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here