प्रतीक दैनिक ३८ औं वर्षमा प्रवेश गरेको छ । यो अवधि वीरगंजबाट निरन्तर प्रकाशित हुने दैनिकको कीर्तिमान पनि हो । मोफसलबाट प्रकाशित हुने समाचारपत्रहरूमा पहिलो साप्ताहिक र अनि दैनिक राष्ट्रिय क वर्गमा परेको पनि प्रतीक नै हुनुपर्छ । तर यी सबै प्रविधिले दिएका उपलब्धिहरू हुन् । सारमा कुनै पनि समाचारपत्रले निर्वाह गर्नुपर्ने भूमिका शतप्रतिशत पूरा भएको नहोला । प्रविधि, जनशक्ति, सोच, जाँगर, वातावरण, जनसमुदाय धैरे कारक छन्, जसले कुनै पनि समाचारपत्रको भूमिका निर्धारण गर्दछन् । झन् आज प्रविधिको उच्च उपलब्धिको युगमा छापा माध्यमको भूमिका शास्त्रीय मापदण्डको मात्र रहन गएको छ । अहिले त अनलाइन, त्यसमा पनि सामाजिक सञ्जालहरूको बाढी नै आएको छ । आज अलिकति पनि क्रियाशील व्यक्ति पत्रकार बनेको अवस्था छ । र पत्रकारितालाई उत्तेजना, आवेग, आवेशजस्ता मनोग्रन्थिले डो¥याइरहेको भान भइरहेको छ । मानिसको जीवनशैली र विचारलाई दिशा दिने समाज हो र समाजलाई दिशा दिने दायित्व पत्रकारिताको हो । यस कसीमा हाम्रो पत्रकारिता कहाँसम्म खरो देखिन्छ, त्यसको निक्र्योल नभएसम्म मूल दायित्वको प्रश्न पनि अनुत्तरित नै रहन्छ ।

हाम्रो समाज सरल छ, छिटै उत्तेजित हुन्छ र छिटै क्रियाहीन हुन्छ । निरन्तरता, न सरलतामा देखिन्छस न उत्तेजनामा । अनि जति समय बितेपनि, सङ्घर्षका जति कथा रचिएपनि आखिरमा समाज डेग चलेको देखिंदैन । आज पनि हाम्रो सोच परम्पराबाट माथि उक्लन सकेको देखिंदैन, हो संस्कृतिमा विचलन भने प्रशस्त देखिन्छ । जरामा परम्परागत सोच हावी भएकोले नयाँ संस्कृतिप्रतिको रुझानमा पनि स्थायित्व देखिन्न । अनि हाम्रो दशा त्रिशंकुजस्तो भएको छ । न तल झरेर भुइँ टेक्न सकिरहेको छ, न आकाशगामी हुन सकेको छ । यो सामाजिक सङ्क्रमणको अवस्थाले गर्दा हो । यसै सङ्क्रमणको देन आजको सामाजिक सञ्जालकृत पत्रकारिता बनेको छ । पत्रकारिताले विसङ्गतिलाई चिर्नुपर्ने हो, विसङ्गति त मौलाइरहेको छ । विसङ्गति उत्पन्न हुनु स्वाभाविक हो, जुनसुकै पनि युगमा उत्पन्न हुन्छ, तर कुनै एउटा बाधक आएर त्यसमा रोक लगाउँछ । त्यसलाई समाजले ग्रहण नगरेसम्म बाधक सफल हुँदैन । आज त्यो बाधक बन्ने दायित्व पत्रकारिताले पाएको छ । तर समाजले समग्रमा पत्रकारिताको भावलाई ग्रहण गर्न सकिरहेको छैन । सामाजिक सञ्जालकृत बनावटी रसिलो सूचनाको प्रवाहमा बगिरहेको छ ।

यस बिन्दुमा पुगेको प्रतीक कुन ठाउँमा छ, त्यसको मूल्याङ्कन सुधी पाठकजनले गर्नुपर्ने हो । आपूmलाई त सबैले राम्रो नै देख्छन् । यसै पनि भनिएको छ प्रतिष्ठा अरूले दिन्छ, आपूmले कमाउने भनेको छ चरित्र हो । चरित्र कहिले म्याद बितेको औषधि पनि बनिदिन्छ, त्यसको हेक्का राखेर पाठकजनले सचेत गराउँदै जानुपर्छ । पत्रकारिता समाजका लागि हो, तर अहिले पत्रकारिता आप्mनो लागि बन्न पुगेको छ । सोचको यस अन्तरले नै लाग्दछ, पत्रकारिता हिजो निर्वाह गरेजस्तो भूमिकामा आज शिथिल बन्दै गएको छ । सामाजिक परिवेशले नै त्यो शिथिलता प्रदान गरिरहेको छ जस्तो पनि लाग्दछ । किनकि आजको समाजलाई कार्यमा न अकार्यमा कुनै उत्तेजना हुँदैन । स्थितप्रज्ञ बन्ने प्रयास गरिरहेको छ । त्यो प्रज्ञता सकारात्मक भइदिए हुन्थ्यो । आजको दिनमा भन्नुपर्ने कुरा यत्ति लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here