प्रस, वीरगंज, ३० साउन/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शैक्षिक क्ष्Fेत्रमा छात्रवृत्ति कार्यक्रम सफल भएसँगै महानगरमा रहेका निजी अस्पतालहरूबाट पनि गरीब, विपन्न, दलित, अपाङ्ग, जनजातिहरूका लागि १० प्रतिशत शøयासहितको निश्शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन पहल शुरू गरेका छन् ।

नगरप्रमुख सिंहले वीरगंजमा रहेका ३१ वटा निजी अस्पतालका सञ्चालक/प्रबन्धकहरूलाई साउन २८ गते महानगरमा भेला गरेर सरकारी निर्देशन अनुसार निर्धारित अस्पतालको शøयाको १० प्रतिशत निश्शुल्क सेवा उपलब्ध गराउन आग्रह गरे । उनले अस्पतालहरूको शøया तोके अनुसार १० प्रतिशत र अस्पतालमा रहेका सबै प्रकारका औषधि, प्रयोगशालाबाट पनि निश्शुल्क सेवा दिन आग्रह गरे ।

उनले वीरगंजमा रहेका निजी अस्पतालहरूको गुणस्तरमा सुधार नभएकै कारण यहाँका बिरामीहरू चितवन, काठमाडौं रेफर भइरहेकाप्रति सञ्चालक, प्रबन्धकहरूको ध्यानाकर्षण गराए । उनले निजी अस्पतालहरूले सेवाको नाममा बिरामीहरूलाई ठगिरहेको आरोप लगाए ।

बिरामीको सेवाभन्दा उनीहरूसँग अस्पतालले आर्थिक दोहन गरिरहेको नगरप्रमुखको आरोप छ । उनले १० प्रतिशत निश्शुल्क सेवा महानगरका सबै अस्पतालले बेहोर्नुपर्ने अन्यथा कारबाई हुने चेतावनी पनि दिए । उनले यसका लागि निजी अस्पतालहरूले मापदण्ड तयार गरेर पेश गर्न सुझाए।
सहभागी अस्पतालहरूका सञ्चालक/निर्देशकमध्ये भवानी अस्पतालका राम श्रेष्ठ, नेपाल मेडिसिटी वयोधा अस्पतालका विजय रिमाल, स्पर्श मल्टिस्प्यासिलिटीका महेश्वर कुर्मीले निजी अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या न्यून रहेको बताए । उनीहरूले वीरगंजमा १५ देखि सय शøयासम्मका अस्पताल सञ्चालनमा रहेका र त्यहाँ बिरामी क्षमताअनुरूप नहुँदा १० प्रतिशत निश्शुल्क सेवाप्रवाह गर्न समस्या हुने बताए । उनीहरूले यसका लागि महानगरले विचार गर्नुपर्ने सुझाव दिए ।

साउन २८ गतेको पहिलो चरणको यससम्बन्धी छलफल टुङ्गो नलागेको कारण आगामी भदौ ६ गते अर्को बैठक बोलाइएको छ । महानगरले यसअघि वीरगंजमा रहेका संस्थागत विद्यालयहरूबाट १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो शैक्षिक सत्रसहित महानगरले छात्रवृत्ति प्रदान गर्न लागेको तेस्रो वर्ष भएको छ । महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन् भने १६८ वटा संस्थागत विद्यालय छन् । गत वर्ष संस्थागत विद्यालयमा सात सयजना जेहेन्दार, अपाङ्ग, दलित, विपन्न र आन्दोलनमा घाइते तथा शहीद परिवारका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए ।

उनले अनलाइनमार्पmत संस्थागत विद्यालयहरूमा अध्ययनरत मापदण्ड तोकिएका विद्यार्थीहरूले फाराम भरेर छात्रवृत्तिको दाबी गर्न सकिने बताए । कतिपय संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले छात्रवृत्तिको लागि फाराम नै नभरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here