प्रस, वीरगंज, ३० साउन/
पकाहामैनपुर गाउँपालिकाका ४५ जना ज्येष्ठ नागरिकको बुधवार मोतीबिन्दुको निश्शुल्क शल्यत्र्रिmया गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजना र वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा पकाहामैनपुर गापास्थित नेरामावि मानिकपुरमा आयोजना गरिएको निश्शुल्क आँखा शिविरमा मोतीबिन्दु फेला परेका ४५ जनाको आज निश्शुल्क शल्यक्रिया गरिएको वीरगंज सामुदायिक आँखा अस्पतालका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए । उनले तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा यो महीना ५०० जनाको आँखाको शल्यक्रिया निश्शुल्क गर्ने लक्ष्य रहेको बताए ।

मानिकपुरमा २४७ जनाको आँखा परीक्षण गर्दा ७३ जनामा मोतीबिन्दु देखिएको र उनीहरूमध्ये ४५ जनाको शल्यक्रिया भएको र बाँकीको शल्यक्रिया गर्ने क्रम जारी रहेको धामीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here