प्रस, सिराहा, २९ साउन/
१५ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नं ४ बडहरा निवासी सुशील सदाय रहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । घटनापछि फरार रहेका युवकलाई विशेष सूचनाको आधारमा उनकै घरबाट पक्राउ गरिएको सिराहाका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय, बन्दीपुरको टोलीले पक्राउ गरेको आरोपी सदायबारे प्रहरीले मङ्गलवार जानकारी गराएको हो ।