प्रस, वीरगंज, २९ साउन/
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीसँग भेट गर्दै नारायणी रङ्गशालाको जीर्णाेद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंह नेतृत्वको टोलीलाई मन्त्री यादवले वीरगंजको गौरवशाली इतिहास र पहिचानसँग जोडिएको नारायणी रङ्गशालाको महŒवलाई औंल्याउँदै यसको जीर्णोद्धार र पुनर्निर्माणको आवश्यकता रहेको बताए ।
मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि रङ्गशालाका लागि बजेट व्यवस्थापनको विषयमा छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकूद गतिविधिको प्रवद्र्धन गर्नुका साथै क्षेत्रीय खेलकूद पर्यटनको विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआवजा वितरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका थिए । यसका लागि उनले अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रस्ताव राखे ।
युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीले वीरगंजको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै जग्गा विवाद समाधान गर्न मुआवजा वितरण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गर्ने जानकारी पनि दिए ।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंहले मन्त्री यादवको प्रयासले रङ्गशालाको पुनर्निर्माणमा सकारात्मक प्रतिफल दिनेमा विश्वास व्यक्त गरे ।