रामेश्वर मेहता, सिम्रौनगढ, २८ साउन/
सिम्रौनगढ नगरपालिका–७ झवानीमा माछा खाएर एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले स्थानीय नरेश रामका दुईजना छोरी र एकजना छोराको माछा खाएर मृत्यु भएको बताए ।

साउन २५ गते शुक्रवार राति नौ र चार वर्षीया क्रमशः लालिमा र पुष्पाकुमारी तथा पाँच वर्षीय छोरा कृष्णनन्दन राम माछाभात खाएर सुतेकामा बिरामी परेका थिए । उनीहरूलाई सोही दिन स्थानीय क्लिनिकमा उपचार गराइएको र त्यहाँ निको नभएपछि कलैया पु¥याइएको थियो । कलैया पुग्ने क्रममा जेठी छोरी लालिमाको बाटोमंैं मृत्यु भएको थियो भने दुईजनालाई कलैयाबाट रेफर गरेपछि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारको क्रममा राति कृष्णनन्दन र पुष्पाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

प्रनि राईले तत्काल माछा, भात खFएको कुरा आमाबाट खुलेको तर घटनाबारेमा थप अनुसन्धान भइरहेको बताए । छोराछोरीले माछा भात खाएका र आफु, पति र सासूले भने माछा रोटी खाएको मृतक बालबालिकाकी आमाले प्रहरीलाई बयान दिएकी छन् । प्रनि राईले बालबालिकाको शव शल्यपरीक्षणका लागि पठाइएको र रिर्पोट आएपछि थप कुरा बाहिरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here