प्रस, रौतहट, २८ साउन/
जिल्ला ट्राफिक कार्यालय, रौतहटले चालू साउन महीनाको २७ गतेसम्म आठ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा सवारी नियम उल्लङ्घन गर्ने ९४८ जना सवारी चालकलाई कारबाई गरी सो राजस्व सङ्कलन गरिएको जिप्रका, रौतहटले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय, रौतहटबाट खटिएको टोलीले चेकजाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाई गरी राजस्व एक महीनामा आठ लाख राजस्व सङ्कलन गर्न सफल भएको जिप्रका, रौतहटकी सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here