पेरिस, २४ साउन/एएफपी
आइतवारसम्मका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित १२६ पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, जापान, अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ कांस्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको अङ्कतालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कांस्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कुल ६४ पदक जितेको छ ।

पदकतालिकामा छैटौं स्थानमा रहेको नेदरल्यान्ड्सले १५ स्वर्ण, सात रजत र १२ कांस्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ कांस्यसहित ६५ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।
आठौं स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० कांस्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ कांस्यसहित कुल ४० पदक जित्दै इटाली नवौं स्थानमा छ । जर्मनी १२ स्वर्ण, १३ रजत र आठ कांस्यसहित कुल ३३ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here