प्रस, निजगढ, २७ साउन/
निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुुरस्कारद्वारा सम्मानित भएको छ । वन तथा भूसंरक्षण विभागद्वारा शुक्रवार आयोजित सामुदायिक वन दिवस–२०८१ को अवसर पारेर सङ्घीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुुरस्कारबाट सम्मानपत्रसहित नगद एक लाख पुरस्कार प्राप्त गरेको हो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन समूहका अध्यक्ष खड्गबहादुर मोक्तानलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरीबी न्यूनीकरणमा यस वन समूहले योगदान पु¥याएको जनाउँदै राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरिएको जनाइएको छ । देशभरका सामुदायिक वन उपभोक्ता समूहहरू यस पुुरस्कारका लागि सहभागी रहे पनि आफ्नो वन समूह छनोटमा परी पुरस्कृत हँुदा वन क्षेत्रको संरक्षण, संवद्र्धन र विकासमा कटिबद्ध हुुन थप जिम्मेवारी थपिएको महसूस गरेको वन समूहका अध्यक्ष मोक्तानले बताए ।
कार्यक्रममा पुरस्कृत हुने वन समूहलाई आवश्यक प्राविधिक, सुरक्षालगायतमा महŒवपूर्ण भूमिका निर्वाह गरेबापत डिभिजन वन कार्यालय, बारालाई पनि सम्मान गर्दै कार्यक्रममा डिभिजनल वन अधिकृत विनोद सिंहलाई सम्मानपत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
डिभिजन वन कार्यालय, बारा अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय पुरस्कार पाउनु चानचुुने कुरा नभएको डिभिजनल वन अधिकृत सिंहले बताए । वर्षौंदेखिको अथक मेहनत, वन समूहको वन संरक्षणप्रतिको जिम्मवारीपूर्ण उत्तरदायित्व वहन, गहिरो लगाव, पारदर्शिता जस्ता कार्य समयमा गर्ने गराउने कार्यले पनि वन समूहले पुरस्कार पाएको डिभिजनल वन अधिकृत सिंहले बताए ।
सो कार्यक्रममा वन समूहका पूर्वअध्यक्ष गणेश कार्की, फेकोफन बाराका अध्यक्ष रामजी बजगाईंलगायत वन समूहका पदाधिकारीको सहभागिता थियो ।