प्रस, निजगढ, २७ साउन/
‘रक्तदान जीवनदान’ नाराका साथ निजगढ सामुदायिक अस्पतालले आइतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा छजना महिला र ३२ जना पुुरुषसहित ३८ जनाले रक्तदान गरेको निजगढ सामुदायिक अस्पतालका अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।

रक्तदाताहरूलाई नगरप्रमुुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले प्रमाणपत्र प्रदान गरेका थिए । चिकित्सकको सल्लाह र निगरानीमा रगत दिंदा यो जस्तो मानवीय परोपकारी र पुण्यको कार्य अरू केही नहुने भएकोले रक्तदान गर्न स्वस्थ मानिस सहभागी हुुनुुपर्ने नगरप्रमुुख पुरीले बताए ।

राजमार्गमा कतिखेर सवारीसाधन दुर्घटना हुन्छ, कुनै ठेगान नहुुने भएकोले दुर्घटनामा घाइते हुनेहरूको शरीरबाट अत्यधिक रगत बग्ने भएकोले पनि रगत सङ्कलन गरेर राख्दा घाइतेहरूको ज्यान जोगिने सम्भावना अधिक हुने इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्ष्Fक सुमित कुुशवाहाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here