प्रस, वीरगंज, २७ साउन/

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा आइतवार बारा जिल्लाको प्रसिद्ध गढीमाई मन्दिर सरसफाइ गरिएको छ ।

महासङ्घ मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरीको नेतृत्वमा मन्दिर प्राङ्गणमा सरसफाइ गर्नुका साथै गढीमाई मन्दिरको विकासमा पत्रकारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बाराका उपाध्यक्ष रामबाबू मेहता, नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेली, मन्दिरका पुजारी शिव चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष विवेककुमार चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मधेस प्रदेशका महासचिव बृजमान तामाङले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सदस्य नवीन चौधरीले स्वागत गरेका थिए । कार्यक्रमको उद्देश्यबारे फोनिज बाराका अध्यक्ष जियालाल चौधरीले प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here