पेरिस, २४ साउन/एएफपी
शनिवारसम्मका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्यसहित ९० पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्यान्ड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कुल १२२ पदक हात पारेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कांस्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित कुल ६२ पदक जितेको छ ।
पदक तालिकामा छैटौं स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कांस्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कांस्यसहित ३० पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।
आठौं स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कांस्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, ११ रजत र आठ कांस्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौं स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कांस्यसहित कुल ३९ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा रहेको छ । रासस