जलवायु–परिवर्तन आज एउटा प्रत्यक्ष्F सङ्कट होस जसको जोखिमका विषयमा वैज्ञानिकदेखि पर्यावरणविद् एवं मनीषीहरू दशकौंदेखि सचेत गराइरहेका छन् । आज यो सङ्कट सँघारमा उभिएर मानवताको अस्तित्वबारे गम्भीर प्रश्न सोधिरहेको छ । वर्ष २०२३ मा सम्पूर्ण विश्वमा प्राकृतिक आपदाहरूको बाढीजस्तो आइरह्यो, जसले सोच्नका लागि बाध्य पारिरहेको छ । यद्यपि यसलाई अहिले सामूहिक महाविनाशको एउटा झलक मात्र भन्न सकिन्छ, जसले मानिसलाई बेला नभिड्किंदै सुध्रने वा सामूहिकस्तरमा केही गर्न सचेत पारिरहेको छ ।
वर्ष २०२३ को पूर्वाद्र्ध, मौसममा भीषण परिवर्तन–पहिले गर्मीको मार, फेरि भीषण वर्षा, बाढी, चक्रवात र यसैको समानान्तर पृथ्वीको एउटा भागमा उत्तराद्र्धमा भीषण वर्षा र गर्मीको विभीषिकाका लागि, सम्झनामा रहने छ । सम्पूर्ण पृथ्वीको जीवना मानौं त्राहिमाम गर्न थाल्यो । धरतीको शायद नै कुनै कुना जोगियो होला, जसले जलवायु परिवर्तनको सांघातिक मार झेलेन, जो आप्mना साथै सामूहिक भविष्यबारे सोच्न विवश भएन होला ।
नासाको गोडार्ड इन्स्टिच्युट अफ स्पेस स्टडिजका अनुसार, सन् १८८० मा मौसमसम्बन्धी वैश्विक रेकर्ड राख्न आरम्भ भएपछिदेखि नै वर्ष २०२३ सबैभन्दा तातो वर्ष बन्यो । नासाको रेकर्डमा जून, जुलाई र अगस्त महीना कुनै पनि अन्य गरम महीनाको तुलनामा ०.२३ डिग्री सेल्सियस बढी तातो रहे र सन् १९५१ देखि १९८० को बीचको औसत गर्मीको तुलनामा १.२ डिग्री सेल्सियस बढी ताप दर्ता गरियो । यीमध्ये अगस्तको महीना ०.२ डिग्री सेल्सियस औसतभन्दा बढी गरम रह्यो ।
हेक्का रहोस्, उत्तरी गोलाद्र्धमा जूनदेखि अगस्तसम्मको मौसमलाई गरमीको मौसम मानिन्छ । बढिरहेको तापमानका कारण वर्ष २०२३ मा विश्वभरि गम्भीर परिणाम परिलक्ष्Fित भए । जलवायु–परिवर्तनले गर्दा सम्पूर्ण पृथ्वी र भावी पीढीका लागि जोखिम उत्पन्न भएको छ । विश्वको ठूलो भागमा अत्यधिक गर्मी बढेको छ, जसबाट कनाडा, अमेरिका र हवाईका जङ्गलहरू भयावह दावानलको चपेटामा परे ।
दक्षिण अमेरिका, जापान, युरोप र अमेरिकामा उखरमाउलो लू देखियोस जबकि एशिया, इटली, ग्रीस, मध्य युरोप र अमेरिकामा भयङ्कर बरसात भइरह्यो र विनाशकारी आँधी आयो । वैज्ञानिकहरू भीषण गर्मीका लागि अल नीनो चक्रवात्लाई जिम्मेवार मानिरहेका छन् ।
नासाको एउटा रिपोर्टका अनुसार, अल नीनोको फिर्तीका कारण समुद्र सतहको बढेको तापमान गर्मीका लागि धेरै हदसम्म जिम्मेवार छ । अल नीनो एउटा प्राकृतिक घटना हो, जुन मध्य र पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरमा समुद्रको सतहको तापमान सामान्यभन्दा बढी गरम हुनाका कारणले हुन्छ । वैज्ञानिकहरूद्वारा दशकौंसम्म गरिएको विश्लेषणले यो पनि स्पष्ट भएको छ कि बढ्दो तापमानको मुख्य कारण मानव जातिद्वारा उत्सर्जित ग्रीनहाउस ग्याँस हो । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यो वर्ष मई र जून महीना अप्रत्याशितरूपले पछिल्ला दशकहरूभन्दा भिन्न रह्यो ।
विशेषगरी उत्तरी भारत तथा नेपालमा पनि गर्मीको यस मौसममा प्रचलनविपरीत पानी परिरह्यो । यसले गर्मीको तापबाट केही राहत त मिल्यो तर बढी वर्षाका कारण भूमि यति गिलो भयो कि जुलाईमा परेको भारी वर्षाका कारण बाढी, भूस्खलन तमाम प्रकारका प्राकृतिक आपदाको कारण बन्यो ।
जूनको पहिलो सप्ताहमा दक्षिणपूर्व अरब सागरमा उठेको विप्रवाय चक्रवातले पछिको दुई सप्ताहसम्म गुजरात र राजस्थानमा भारी तबाही निम्त्यायो । भारतको उत्तराखण्डमा चारधामको यात्रा भूस्खलनका कारण प्रायः प्रभावित रह्यो । यी सबका बावजूद केरल, महाराष्ट्रजस्ता केही प्रान्तलाई सुखापीडित घोषणा गर्नुप¥यो । विदेशतिर पनि यसबीच भारी वर्षाका साथै तबाहीको समाचार आइरहे । मध्य युरोपको सानो देश स्लोवेनियामा अगस्त महीनाको पहिलो सप्ताहमा, चौबीस घण्टामा यति पानी प¥यो कि धेरै ज्यानमालको विनाशको कारण मात्र बनेन, अहिलेसम्मको त्यहाँको सबैभन्दा ठूलो विभीषिकाको रूपमा दर्ज गरियो ।
हड्ढङमा कैयौं शहर डुबानमा परे तथा १४० वर्षको इतिहासमा सर्वाधिक पानी परेको रेकर्ड पनि बन्यो–जसमा सडक, शपिङ मल र मेट्रो स्टेशन जलमग्न बने । त्यहीं चीनको शेनजेङमा हाइकुई आँधीले गर्दा भीषण वर्षा भयो । घनघोर पानीले गर्दा सबै स्कूल, कैयौं मेट्रो स्टेशन तथा कार्यालयहरू बन्द गर्नुप¥यो । यसैबीच जुलाई–अगस्त महीनामा युरोप–अमेरिकाका कैयौं भाग गर्मीले गर्दा त्रस्त रहे ।
विश्व मौसम विज्ञानका अनुसार, पृथ्वी उत्तरी गोलाद्र्धमा अबसम्मको सबैभन्दा भीषण गर्मीले राँकिएको थियो । अगस्तमा रेकर्ड गर्मी र तापमान दर्ज गरियो । अगस्त औसतभन्दा करीब १.५ डिग्री सेल्सियस बढी तातो रह्यो ।
डब्ल्युएमओ–कोपरनिकसका अनुसार पछिल्लो वर्ष जुलाईमा पनि गर्मीका सबै रेकर्ड टुटे । जुलाईमा विश्वमा औसत तापमान १६.९५ डिग्री सेल्सियस रह्यो, जुन २०१९ मा सर्वाधिक औसत तापमानभन्दा एकतिहाई बढी हो ।
कोपरनिकसका निदेशक कार्लो बूनटेम्पो तथा उपनिदेशक समान्था बर्गेसका अनुसार यो तापमान गम्भीर परिणामवाला बताइएको छ । कोपरनिकसका अनुसार जुलाई, २०२३ को औसत तापमान १९९१ देखि २०२० सम्मको औसत तापमानभन्दा ०.७ डिग्री बढी दर्ज गरियो । विश्वका समुद्रहरूको तापमान पछिल्लो ३० वर्षको तुलनामा आधा डिग्री बढी दर्ज गरियो र उत्तरी अटलान्टिक महासागरको औसत तापमानभन्दा १.०५ डिग्री बढी गरम रह्यो । अन्टार्कटिक सागरमा यस वर्ष औसतभन्दा १५ प्रतिशत बरफ कम जम्यो ।
सितम्बरको दोस्रो सप्ताहमा लिबियामा भीषण आँधी र मूसलाधार पानीका कारण दुईवटा बाँध ध्वस्त भए, जसको चपेटामा परेको डेरना शहरमा तबाहीको दृश्य देखियो । उत्पन्न त्रासदिलाई मानिसले बाढी होइन, सुनामी घोषित गरे, जसमा हजारौं मानिस बेपत्ता थिए, दश हजार मृत फेला परे र लाखौं मानिस घरबारविहीन भए ।
यसरी जलवायु–परिवर्तन एउटा सच्चाइको रूपमा प्रत्यक्ष्F छ, जसको घातक प्रभावले विश्वभरिमा भयावह दृश्य प्रस्तुत भइरहेको छ । वर्ष २०२३ यसको साक्षी रहेको छ । यो गम्भीर विचार मन्थनको पनि बेला हो । अधिकांशतः प्राकृतिक आपदाहरू मानवनिर्मित मानिएका छन् । यो मिलिजुली बसेर विचार गर्ने बेला हो कि प्रकृतिको साथ लिएर विकासदेखि सहअस्तित्व कसरी सुनिश्चित गर्ने, अन्यथा भविष्यमा थप गम्भीर परिणामले हाम्रो प्रतीक्षा गरिरहेका छन्, जसको विकरालता–भयावहताको अहिले हामी कल्पना पनि गर्न सक्दैनौं ।