ओमप्रकाश चौधरी, सेढवा, २५ साउन/ कृषि परियोजनाका लागि विभिन्न किसिमका आधुनिक मेशीन तथा औजारको विकाससँगै अहिले विश्वकर्मा समुदायको पुर्खौली पेशा सङ्कटमा परेको छ । ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटरले खेतको जोताइ कार्य र धान, गहँु भिœयाउन हार्भेस्टर तथा थ्रेसलगायतका आधुनिक मेशीनहरूको प्रयोग बढेका कारण परम्परागत औजारको प्रयोग घटेको छ ।
जसका कारण विश्वकर्मा समुदायको लोहसारी पेशा लोप हुने अवस्थामा पुगेको छ । घरायसी तथा खेतीका सामान्य कार्यका लागि प्रयोग हुने हसिया, खुर्पी, खुर्पा, कोदालो, बन्चरो तथा खुकुरी बनाउन तथा मर्मतका लागि मात्र सर्वसाधारणहरू लोहसारी (फलामको औजार उत्पादन तथा मर्मत गर्ने स्थान)मा आउने गरेका जीराभवानी गाउँपालिका–३ नौकाटोला निवासी प्रेम विश्वकर्माले बताए । यस पेशामा काम गरेबापत पाउने ज्याला निकै कम भएका कारण यस समुदायले पुर्खौली पेशालाई छोड्दै गरेको विश्वकर्माले बताए । परम्परागत चलन अनुसार वार्षिकरूपमा तोकिएको प्रतिपरिवार एक मन (४० किलो) धानबाट वर्षभरि काम गरेबापत ज्याला पाउने गर्छन् । सो आम्दानीले परिवारको खर्च धान्न नसकिने हँुदा छोराछोरी अन्य पेशामा लागेको विश्वकर्माले बताए । यस पेशामा आय एकदमै न्यून भएकाले अबका सन्तति अन्य पेशा रोज्दै शहर तथा वैदेशिक रोजगारमा लागेको उनी बताउँछन् । विगतमा प्रत्येक गाउँ, टोलमा कम्तीमा एकवटा लोहसारी हुने गथ्र्यो । तर अहिले लोहसारी खोज्नै गा¥हो भएको छ ।
त्यस्तै, जगरनाथपुर गापा– १ पाडेपुरका अनन्त ठाकुर लोहारले पुर्खौली पेशा जोगाउन अलिअलि काम गरिरहेको तर यस पेशाबाट जीविका उपार्जन गर्न नसकिने बताए । दिनहुँ बढ्दै गएको महँगीका कारण यस पेशाबाट न्यून आम्दानीले परिवारको बिहान र बेलुकाको छाक टार्न पनि सम्भव नरहेको ठाकुरले बताए ।
लोहसारीमा फलाम पिट्नुजस्तो कठिन काम तथा प्रयोग हुने पत्थर कोइला तथा काठको कोइला नपाउने, पाए पनि महँगो भएको र मजदूरी सन्तोषजनक नभएको हुँदा आफ्ना छोराछोरीहरूलाई अन्य पेशामा लगाउने सोच बनाएको ठाकुरले बताए । पेशा जोगाउन आफूले बिहान फलाम पिट्ने, फलामका औजार मर्मत गर्ने गरेको बताए । बिहान नौ बजेपछि सिकर्मीको काम गर्न ठोरी गापामा रहेका फर्निचर कारखानामा काम गरिरहेको उनले बताए ।