प्रस, वीरगंज, २५ साउन/
सुनचाँदी व्यावसायिक सङ्घ, पर्सामा लामो समयदेखि चल्दै आएको सदस्यता विवाद समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले शुक्रवार उक्त विवाद टुङ्गो लगाएको हो ।

कार्यसमितिका अध्यक्ष भुलन सर्राफले आफूइतरका उपाध्यक्ष सचिवलगायत छजनाको सदस्यता खारेज गरेपछि सङ्घमा सदस्यता विवाद शुरू भएको थियो । सङ्घका पदाधिकारी तथा सदस्यहरू एकअर्काविरुद्ध उजूरी लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विवादका कारण जिप्रकालाई समेत विवादमा मुछिएको थियो ।

सदस्यता विवाद टुङ्ग्याउन बसेको छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नियमविपरीत हटाइएका सबै सदस्यता नवीकरण गर्न वर्तमान कार्यसमितिलाई निर्देशन दिएपछि दुवै पक्षबीच सहमति भएको हो । सदस्यता नवीकरण गर्न सहमति भएसँगै जिल्ला समन्वय
समिति, पर्साले एक कार्यक्रमको आयोजना गरी सङ्घका सबै सदस्यलाई फूलमाला र टीका लगाइ स्वागत गरेको थियो ।

कार्यक्रममा जिसस, पर्सामा प्रमुख निरञ्जन सर्राफ, प्रवेश सर्राफलगायत पदाधिकारीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here