प्रस, वीरगंज, २५ साउन/
नयाँ भर्ना भएका विद्यार्थीलाई जीवनमा अविश्वसनीय यात्रा शुरू गर्दा कसरी पूर्ण क्षमता प्रयोग गरेर हरेक तहमा आफूलाई सशक्त बनाउन परिवर्तनकारी अनुभवको भावलाई प्रयोग गरेर सफलताको शिखरमा पुग्न टेवा पुगोस् भन्ने उद्देश्यले ज्ञानदा एकेडमीले तीन दिने सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइरालाले तीन दिने सत्रमा व्यक्तिगत वृद्धि र व्यावसायिक विकासलाई बाहिर ल्याउन मदत गर्ने, सिकेका कुराहरू वास्तविक समयमा लागू गर्ने, जस्तोसुकै परिस्थितिमा तयार रहने, शैक्षिक तथा व्यावहारिक गतिविधिहरूमा संलग्न हुन सिकाउने, नेटवर्किड्ढा अवसरहरू प्रयोग गरेर समान विचारधारा भएका व्यक्तिहरूसँग जोडिन मदत गर्ने, सशक्तीकरणको बाटो पहिल्याइ यो यात्रासँगै दिगो परिवर्तन सिर्जना गर्न महŒवपूर्ण टेवा पुग्ने बताए । तीन दिने कार्यशालामा योगबारेमा पनि जानकारी गराइएको थियो । यसैगरी, एकअर्कासँग हातेमालो गर्दै एकताबद्धरूपमा विभिन्न गतिविधिहरूमा संलग्न भएर विद्यमान कमीकमजोरीलाई हटाएर सशक्तीकरण यात्रामा सहभागिताबारेमा पनि विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरूलाई शिक्षक नरेन्द्रकुमार पटेलले योग र अन्य शीर्षकमा प्रमुख कार्यकारी अधिकृत कोइरालाले प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here