प्रस, वीरगंज, २५ साउन/
जिल्ला प्रहरी कार्यालय, पर्साले करीब चार करोड बराबरको इलेक्ट्रिक चुरोटसहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिकाको इनर बाइपास सडकखण्डमा स्थानीय रामप्रसाद बरईको घरमा रहेको डाँफे ट्रान्सर्पोटमा छापामारी गरी करीब रु चार करोड बराबरको १५ हजार इलेक्ट्रोनिक चुरोट बरामद गरेको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले ट्रान्सर्पोटबाट ७६ कार्टुन इलेक्ट्रोनिक चुरोट बरामद गरेको र सोमा १५ हजार थान इलेक्ट्रोनिक चुरोट बरामद भएको जनाएको छ । ट्रान्सपोर्ट बरईको घरमा भएपनि एकजना भारतीय नागरिकले सो चुरोट भण्डार गरेको प्रहरीले बताएको छ ।
इलेक्ट्रोनिक चुरोट तेस्रो मुुलुकबाट आयात भएर नेपाल आउँछ ।

विगतमा हवाईमार्गबाट लुकाइछिपाइ नेपाल भित्रने गरेको इलेक्ट्रोनिक
चुरोटको आयातमा विरोध पनि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here