पेरिस, २४ साउन/एएफपी
बिहीवारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्यान्ड्स, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कांस्यसहित कुल ७३ पदक हात पारेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कांस्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कांस्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित कुल ५१ पदक जितेको छ ।
पदक तालिकामा छैटौं स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कांस्यसहित ३३ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।

आठौं स्थानमा रहेको नेदरल्यान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कांस्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कांस्यसहित कुल ३० पदक जित्दै नवौं स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कांस्यसहित कुल २२ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here