प्रस, वीरगंज, २४ साउन/

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कुल परियोजना लागत नेरु ४.२६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको बिहीवार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरे । नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महŒवपूर्ण उदाहरण हो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मदत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये काभ्रेपलाञ्चोक जिल्लाका सातवटा परियोजनासहित बाग्मती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थालाई १००९ एम्बुलेन्स र ३०० स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । तीमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएका आठवटा स्कूल बस र १६ वटा एम्बुलेन्ससहित बाग्मती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ, जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एडभान्स लाइफ सपोर्ट) उपहारस्वरूप प्रदान गरेको थियो । यस एम्बुलेन्सले स्वास्थ्योपचारमा पहिलो सेवा दिंदै आकस्मिक स्वास्थ्य सेवाको लागि महŒवपूर्ण योगदान पु¥याइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here