काठमाडौं, २४ साउन/रासस
नेपालमा पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग टोलीको नाम बिहीवार सार्वजनिक भएको छ ।

इन्फिनिटी ड्रिम्सद्वारा आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो । जसमा काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टीम राखिएका छन् ।

इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि यस अघि नै सम्झौता गरिसकेको छ । लिग गरेबापत कम्पनीले भलिबल सङ्घलाई वार्षिक रु २५ लाख दिनेछ । उक्त प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छैन ।

आयोजक इन्फिनिटी ड्रिम्सका प्रबन्ध निर्देशक आमिर अख्तरले केही दिनमैं मिति सार्वजनिक पनि गरिने जानकारी दिए । त्यस्तै, फ्रेन्चाइज टोलीले केही दिनमैं आआफ्नो टोलीको नाम सार्वजनिक गरिने बताइएको छ । कार्यक्रममा मधेसले भने आफ्नो टोलीको नाम मधेस युनाइटेड राखेको जानकारी दिइयो ।

प्रतियोगिताको लागि प्रत्येक टोलीमा १२ जना खेलाडी हुनेछन् । त्यसमा नौजना नेपाली र तीनजना विदेशी खेलाडी रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here