प्रमोद यादव, पंचगावाँ, २१ साउन/
पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुग्धेश्वर महादेव मन्दिरमा दर्शन गर्न मकवानपुरबाट हिंडेका छजनामध्ये दुईजना सम्पर्कविहीन भएका छन् ।

मकवानपुर र दुग्धेश्वर महादेव मन्दिरबीचमा पर्ने शीतलपुर खोलामा दुईजना व्यक्ति सम्पर्कविहीन भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

हराएका दुईजनालाई खोज्न पर्सा राष्ट्रिय निकुञ्ज, इलाका प्रहरी कार्यालय, ठोरीलगायतका टोली शीतलपुर खोलामा पुगेका छन् ।

जङ्गलमा मोबाइलको नेटवर्क नलाग्ने भएकोले दुवै व्यक्तिको अवस्था अज्ञात रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here