पेरिस, २१ साउन/एएफपी
आइतवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ ।
दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कांस्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कांस्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कांस्यसहित ३१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कांस्यसहित कुल ३७ पदक जितेको छ ।
पदक तालिकामा छैटौं स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कांस्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कांस्यसहित २४ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।
आठौं स्थानमा रहेको इटालीले सात स्वर्ण, १० रजत र पाँच कांस्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्ड्सले छ स्वर्ण, पाँच रजत र चार कांस्यसहित कुल १५ पदक जित्दै नवौं स्थानमा रहेको छ । जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुुई कांस्यसहित कुल १२ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस