प्रस, वीरगंज, २० साउन/
बारा प्रहरीले साढे आठ किलो गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका–१ आधाभारबाट एकजना महिलालाई पक्राउ गरेको छ ।
आधाभार जङ्गलबाट पिठयूँमा कालो झोला बोकेर सडकछेउमा उभिरहेकी बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक नरेशबहादुर शाहीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
उनले बोकेको झोलाबाट आठ किलो ५०० ग्रFम गाँजा बरामद भएपछि पक्राउ गरी अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।