प्रमोद यादव, पंचगावाँ, २० साउन/
सखुवाप्रसौनी गाउँपालिका–२ स्थित दीपनारायण आदर्श माविको प्राङ्गणमा एक दिने आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, एकटाँगाको आयोजनामा वीरगंज सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा ६८ जनाको आँखा चेकजाँच गरी औषधि वितरण गरिएको थियो । शिविरमा ३६ जनाको आँखामा मोतीबिन्दु फेला परेको र उनीहरूको साउन २१ गते वीरगंजमा निश्शुल्क शल्यक्रिया गरिने केन्द्रका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए ।
कार्यक्रममा प्रहरी नायब निरीक्षक अरविन्दकुमार यादव, केन्द्रका चिकित्सक एवं प्राविधिक प्रभात चौरसिया, मुस्कान श्रेष्ठ, अपसा अन्सारीलगायतले आँखा परीक्ष्Fण गरेका थिए ।