प्रस, वीरगंज, १९ साउन/
अखिल नेपाल यातायात मजदूर सङ्घ पर्साको भेला शनिवार वीरगंजस्थित बसपार्कमा सम्पन्न भएको छ।

भेलाले भारतीय गाडीका कारण नेपाली व्यवसायीहरूमारमा परेको निष्कर्ष निकालेको छ, साथै आगामी दिनमा भारतीय गाडीहरू नियम कानूनसम्मत सञ्चालन हुनुपर्ने र गैरकानूनीरूपमा सञ्चालनमा रहेका भारतीय गाडी रोकथामका लागि कडा सङ्घर्ष गर्ने निर्णय गरेको छ। भेलाले वार्षिकरूपमा भन्सार शुल्क तिरेर ३० दिन मात्र भारतीय सवारीसाधनहरू नेपालमा प्रवेश पाउने नियम आगामी दिनमा कडाइ गरिने जनाएका छन्।

भेलामा सहभागी मजूदर सङ्घ पर्साका अध्यक्ष नैमुद्दीन अन्सारी, यातायात व्यवसायी एवं वडाध्यक्ष जगतप्रसाद कानू, सानु पोखरेल, अखिल टे«ड युनियन महासङ्घका सचिव मीनप्रसाद चापागाईं, बारा अध्यक्ष खड्गप्रसाद लामा, कृष्ण मरासैनीले भारतीय गाडीहरूले अनधिकृतरूपमा ३६५ दिन नै भन्सार शुल्क काटेर नेपालमा भाडामा गाडी सञ्चालन गर्दै आएको बताए।

उनीहरूले भारतीय सवारीसाधन सस्तोमा उपलब्ध हुने तर नेपाली सवारीसाधन महँगोमा खरीद गरेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेकामा स्थानीय प्रहरी प्रशासनले गैरकानूनीरूपमा सञ्चालित भारतीय सवारीसाधनहरूमा रोक लगाउनुपर्ने माग गरे। उनीहरूले यसबारेमा स्थानीय प्रहरी प्रशासनलाई लिखित जानकारी गराइसकेको र आगामी दिनमा आन्दोलनको विकल्प नहुने चेतावनी पनि दिए। हामीहरूले कानूनीरूपमा सञ्चालनका लागि रोक लगाउन भनेका छैनौं, तर नियम कानून मिचेर सञ्चालित सवारीसाधनहरूको रोकथाम प्रहरी प्रशासनबाट हुनुपर्ने तर त्यसो नभएकोले विरोध गर्नुपरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here