काठमाडौं, १९ साउन/रासस
राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा शनिवार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पा–यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५–१७ ले पाखा लागायो। तर चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौं सेटमा भारतलाई १५–१३ ले पराजित ग–यो।

उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। उक्त प्रतियोगिता अन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ। उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्
(राखेप)को कभर्डहलमा हुनेछ।जारी प्रतियोगिताको पहिलो खेल नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलङ्कामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here