वितरण केन्द्र वीरगंजको विद्युत् सेवाबाट उपभोक्तालाई सास्ती साँझ ५ बजेपछि सम्पर्कविहीन बन्छ वितरण केन्द्र

प्रस, परवानीपुर, १७ साउन/ नेपाल विद्युत् प्राधिकरण मातहतको वीरगंज वितरण केन्द्रको सेवा निस्प्रभावी हुँदै गएको उपभोक्ताहरूले गुनासो गरेका छन् । वर्षात् र गर्मीको मौसम भए तापनि विद्युत् सेवा चुस्तदुरुस्त हुने ठाउँमा निकै कमजोर र निस्प्रभावी भएको वीरगंजवासीको गुनासो छ । विद्युत् महसूल तिर्ने बेलामा एक दिन पार गरेपछि जरिवाना तिराउने सो कार्यालय अघोषितरूपमा लोडसेडिङ गरिरहेको […]

भैंसी बिक्री केन्द्र

भैंसी बिक्री केन्द्रः दाड्ढो घोराही उपमहानगरपालिका–१८ कटुवाखोला किनारमा बिक्री गर्न राखिएका भैंसी । यहाँ किसानले आफूलाई मन परेको भैंसी छानेर किन्ने गर्छन् ।

पकाहामैनपुरमा चारवटा मदिराभट्टीमा तोडफोड

प्रस, वीरगंज, १७ साउन/ पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिराभट्टीमा पर्सा प्रहरीले तोडफोड गरेको छ । प्रहरीले सो स्थानमा रहेका चारवटा अवैध घरेलु मदिराभट्टीबाट दुई हजार लिटर कच्चा मदिरा र पाँच सय लिटर तयारी घरेलु मदिरा पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी गराए । […]

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान

काठमाडौं, १७ साउन/रासस हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

महिला भलिबल, नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौं, १७ साउन/रासस बिहीवारदेखि शुरू भएको काभा महिला भलिबल नेशन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँँदै विजयी […]

साँगामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू

काभ्रेपलाञ्चोक, १७ साउन/रासस काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा बिहीवारदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ । पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतवारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका ११९ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन गरे । प्रतियोगितामा यू–११, […]

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौं, १७ साउन/रासस नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा बिहीवार निधन भएको छ । केही महीनादेखि मिर्गाैलामा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिराहाको पोखरभिन्डा फर्केका थिए । दुई साता अघि जन्मथलो फर्केका उनले लहान अस्पतालमा डायलासिस गराइरहेका थिए । गुरुदेव निकट […]

मिटरब्याज पीडित सङ्घर्ष समितिद्वारा शवसहित प्रदर्शन

प्रस, जनकपुरधाम, १७ साउन/ धनुषाधाम नगरपालिका–२ मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् । श्मशानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरको रामचोक, जानकीचोक, शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले जनकपुरचोकमा शव राखेर गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका थिए । ठाकुरको शव मङ्गलवार प्रादेशिक अस्पतालले शल्यपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको […]

राष्ट्रिय परिचयपत्र ः अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने

काठमाडौं, १७ साउन/रासस गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ । सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र एकाइ रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, […]

बाढीपहिरोमा परी आजसम्म १४८ जनाको मृत्यु

काठमाडौं, १७ साउन/रासस अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म १४८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बाग्मती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २५, […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।