काठमाडौं, १७ साउन/रासस
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म १४८ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बाग्मती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १४८ जनाको मृत्यु भएको छ ।
उनका अनुसार काठमाडौं उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बाग्मती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा १७६ जना घाइते भएका छन् ।
बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बाग्मती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी जम्मा १०८ जनाको उद्धार गरिएको छ । साथै कोशी प्रदेशमा दुई, बाग्मती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४७ जना बेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।
बाढीको कारण जम्मा ३८३ घर डुबानमा परेका छन् । जस अन्तर्गत २५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरामा परी आजसम्म ७१५ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ११२ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।