प्रस, वीरगंज, १२ साउन/
नेपाली काङ्ग्रेस, वीरगंज महानगरपालिका–१० वडा कार्यसमितिको आयोजनामा शनिवार बिपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा अशोक वाटिकास्थित शिवपार्वती मन्दिरमा वृक्षारोपण गरिएको छ।

कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माले बिपीको विचारधारा पछिल्लो समयमा नेका र बिपीका अनुयायीहरूले छाड्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले बिपीको मेलमिलाप सिद्धान्त पार्टीभित्र आन्तरिकरूपमा नै लागू हुन नसकेको बताए। उनले बिपीका विचारहरूको अनुसरण गरिनुपर्नेमा जोड दिए।

बुथ सभापति रामनगिना कानूको अध्यक्षतामा भएको कार्यक्रममा राकेश सिंह, क्षेत्रीय सभापति मोहम्मद साहबुद्दीन, महानगर सभापति मणिन्द्रलाल नेपाली, उपसभापति सन्तोष गुप्ता, मनोहर साह, दीपक साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here