क्लोरोफार्मलाई ट्राइक्लोरोमिथेन वा मिथेन ट्राइक्लोरोफFर्म पनि भनिन्छ । यसलाई सर्वप्रथम सन् १८३१ मा अमेरिकी केमिस्ट सैमुअल गुथरीले बनाए । तर यसको नामकरण सन् १८४७ मा वैज्ञानिक जिन वपटिस्टे ड्युमासले गरे । क्लोरोफFर्म रबर उद्योग, डाई अर्थात् रङ उद्योग, पेस्टिसाइड र औषधि उद्योगमा प्रयोग हुन्छ । यो एउटा मीठो स्वाद भएको तरल पदार्थ हो, जुन वातावरणमा मिसिएपछि तुरुन्त भाप बनेर उड्छ । यस कारण यसको भापले सन् १९५० मा बच्चा जन्माउने बेला दुखाइ कम गर्न र शल्यक्रियाको लागि प्रथमपटक सर जेम्स यङ सिम्पसनले प्रयोग गरे । तर यो धेरै प्रसिद्ध हुन सकेन । जब रानी भिक्टोरियाको बच्चा जन्मने बेला यो प्रयोग भयो, तबदेखि यसको प्रयोग चर्चित भयो । १९औं शताब्दीमा यसको प्रयोग चरममा पुग्यो । तर त्यसभन्दा सुरक्षित केमिकलको आविष्कार भएपछि आजभोलि शल्यक्रियामा क्लोरोफFर्मको प्रयोग हुँदैन । यसको आपराधिक प्रयोग खूब भयो । केटी अपहरण, डकैती, ट्रेनको सवारीलाई ठगैती गर्न मात्र होइन, मोर्स नामक एक व्यक्तिले आठवटा सिरियल किलिङ गरेको इतिहास छ । अतः क्लोरोफार्म प्वायजनिङ र शल्यक्रियामा यसको उपयोग र प्रभाव जान्नु अति आवश्यक छ ।
शल्यक्रियामा यसको फाइदा यो छ कि जब बढी बेहोशी हुन लाग्यो भने मास्क फुकाएपछि केही बेरमैं मान्छे होशमा आउन थाल्छ । जबकि शल्यक्रियाको सम्पूर्ण जानकारी एनेस्थेटिस्टलाई मात्र थाहा हुन्छ । अतः कम जानकार मानिसले पनि यसको प्रयोग गर्न सक्छ । इथाइल अल्कोहल वा मिथाइलेटेड स्पिरिट वा एसिटोनमा ब्लिचिङ पाउडर मिसाएर क्लोरोफFर्म बनाइन्छ र यसलाई प्रथमपटक बनाउनेले त बियरमा मिसाएर बनाएका थिए । यो एउटा भारी रङहीन द्रव हो र हावाको स्पर्श पाएर उड्छ । हल्का मीठो तर तीक्ष्ण स्वाद र रक्सीजस्तो गन्ध हुन्छ । यसलाई बाल्दा हरियो रड्ढो प्रकाश देखिन्छ तर यो साधारण तापमा ज्वलनशील होइन । यो ६१ डिग्री सेल्सियसमा उम्लिन्छ । हावामा छाडेपछि यो फास्जिन ग्याँस, क्लोरिन र हाइड्रोक्लोराइडमा छुट्टिन्छ, जुन अति नै विषाक्त हुन्छ । त्यसबाट बचाउका लागि यसमा एक प्रतिशत अल्कोहल मिसाइन्छ र नीलो बोतलमा बेस्सरी बन्द गरेर राखिन्छ । क्लोरोफFर्म २०० भाग बराबर पानीमा घुल्छ तर अल्कोहल, इथर, बेन्जिनमा सजिलै घुल्छ । यसले फैट, इन्डिया रबर, रेसिन, सल्फर, फस्फोरस, आयोडिन र विभिन्न अल्कली र अन्य धेरै अर्गेनिक कम्पाउन्डलाई पगाल्छ । जब क्लोरोफार्म भापद्वारा वा मुखबाट दिइन्छ, तब शरीरमा प्रवेश गरेर विषाक्तता पैदा गर्छ । जब सासद्वारा यो भित्र जान्छ, तब जुनजुन लक्षण पैदा हुन्छन्, त्यसका तीन चरण हुन्छन् :
स्टेज अफ एक्साइटमेन्ट वा उत्तेजनाको अवस्था, स्टेज अफ डिप्रेसन अथवा एनेस्थेसियाको अवस्था र स्टेज अफ पारालिसिस वा पक्षाघातको अवस्था । उत्तेजनाको अवस्थामा क्लोरोफार्म जसै सासद्वारा भित्र जान्छ, मान्छेले घाँटीमा उत्तेजना र आँखा पोलेको महसूस गर्छ । अनुहार फुङ हुनुको साथै सम्पूर्ण शरीर तातो भएको महसूस हुन्छ र छालामा केही हिंडिरहेजस्तो लाग्छ । सुन्ने र देख्नेबाहेक सबै संवेदना कम हुँदै जान्छ तथा दिमाग भ्रमित हुन्छ । यस अवस्थामा मान्छे डेलिरियममा पुगेर गाना गाउने, हाँस्ने, कराउने र कहिलेकाहीं अमर्यादित भाषा वा गाली पनि गर्न थाल्छ । मान्छे यति जोडले सङ्घर्ष गर्न थाल्छ कि समात्न हम्मेहम्मे पर्छ । आँखाको नानी त पहिले फैलिन्छ तर पछि सङ्कुचित हुन्छ । बान्ता भएजस्तो हुन्छ, नाडी र श्वFसप्रश्वFस बढ्छ । यो अवस्था मुश्किलले चार मिनट जति रहन्छ ।
दोस्रो अर्थात् एनेस्थिेसियाको अवस्थामा मान्छे पूर्णतः बेहोश हुन्छ र सबै संवेदना शून्य हुन्छ । कोर्नियाको साथै सबै रिप्mलेक्स समाप्त हुन्छ । आँखाको नानी सङ्कुचित हुन्छ । शरीरको तापक्रम र छाला चीसो र नम हुन्छ । सबै मांसपेशी यस किसिमले शिथिल हुन्छ कि हातखुट्टा जता घुमायो त्यतै घुम्छ । बेहोशीको यसै अवस्थामा शल्यक्रिया गरिन्छ, जसलाई घण्टौं निरन्तरता दिन सकिन्छ । यदि क्लोरोफार्म दिन बन्द गरियो भने यो अवस्था ३० देखि ४० मिनटसम्म रहन्छ । तर कसैकसैमा बढी समयसम्म रहन्छ । कहिलेकाहीं क्लोरोफार्म बन्द गरियो भने मृत्यु घटित हुन्छ ।
तेस्रो अर्थात् पक्षाघातको अवस्थामा पनि क्लोरोफार्म दिन बन्द गरिएन भने मान्छे यस अवस्थामा प्रवेश गर्छ । यसमा मांसपेशीको जुन टोन अर्थात् तनाव हुन्छ, त्यो पूरै समाप्त हुन्छ । दिसा र पिसाब आफसेआफ हुन्छ । ओठ नीलो हुन्छ, छाला पनि नीलो भएर चीसो पसिना आउन थाल्छ । आँखाको नानी धेरै फैलन्छ, श्वासप्रश्वFस धेरै कम र अनियमित भएपछि एसिडोसिसको अवस्था विकसित हुन्छ । रक्तचाप अत्यन्त कम र नाडीको गति कमजोर तथा अनियमित भएपछि कार्डियक एरेस्ट वा रेसपिरेटरी एरेस्ट वा पारालिसिस भएर मृत्यु हुन्छ । मृत्यु त्यो कुनै अवस्थामा हुन सक्छ, जब भेन्ट्रिकुलर फिब्रिलेशन, बान्ता वा ब्लड रेसपिरेटरी टे«क्टमा एस्पिरेट गरेर घाँटी अवरुद्ध हुन्छ वा जिब्रो पछाडि पल्टेर इपिग्लोटिसलाई बन्द गरिदिन्छ वा एसिडोसिस बढी हुन्छ । एउटा हुन्छ, डिलेड क्लोरोफार्म प्वायजनिङ जुन एनेस्थेसियाबाट मुक्त भएको १० घण्टादेखि २० दिनमा देखिन्छ, जसमा एनेस्थेसियाको दौरान बढी क्लोरोफार्म दिइएको हुन्छ । यस्तो रिकेट, कलेजोको बिरामी, साह्रै कमजोर र दुब्लो मानिस र बच्चामा सामान्यतः देखिन्छ । सम्भावित र अवश्यम्भावी मृत्युको केही लक्षणहरू अगाडि नै देखिन्छन् ः अत्यधिक बेचैनी, निरन्तर बढी बान्ता जुन कफी ग्राउन्ड रड्ढो हुन्छ, जन्डिस, पेटमा कलेजोको क्षेत्रमा जाँच्दा अत्यधिक दुखाइ, छिटोछिटो चल्ने अति कमजोर नाडीको गति, पिसाब कम वा नहुने तथा युरेमिया र किटोसिस भएर कोमामा गएर मृत्यु हुन्छ । कहिलेकाहीं छालामा पनि रगत जम्मा हुन्छ र पिसाबमा एसिटोन वा डाइएसिटक एसिड पाइन्छ । मुटु पनि प्रभावित भएको हुन्छ ।
यो भन्न कठिन छ कि क्लोरोफार्मको कति डोज मृत्युकारक हुन्छ ? किनभने सर्जिकल विधिमा मान्छेले धेरै मात्रा इन्हेल गरेको हुन्छ । तापनि यदि यो दुई प्रतिशतभन्दा बढी नभएको र रगतमा मात्रा सातदेखि २५ प्रतिशतसम्म एनेस्थिेसियाको लिमिट हो । तर पनि पाँच प्रतिशतभन्दा बढी क्लोरोफार्म खतरनाक मानिन्छ । एनेस्थेसिया शुरू भएको केही मिनट वा कुनै पनि बेला मृत्यु हुन सक्छ । डिलेड मृत्यु रिकोभरी भएको १० घण्टादेखि २० दिनमा पनि हुन सक्छ । तर औसत अवधि चारदेखि पाँच दिन हो ।
क्लोरोफर्म प्वायजनिड्ढो उपचारमा सर्वप्रथम एनेस्थेसिया दिन बन्द गरिन्छ र रोगीको टाउको तल पारी सामुन्ने देख्नेगरी ल्याइन्छ र जिब्रोलाई फोरसेप नामको उपकरणले बाहिर निकालिदिनुपर्छ अन्यथा जिब्रो पछाडितिर पल्टेर ग्लोटिसलाई बन्द गरी मृत्युको कारण बन्छ । तुरुन्त अक्सिजन र कृत्रिम श्वासप्रश्वFस शुरू गर्नुपर्छ । १ः१०० सम्पृक्त इपिनेफ्रिनको एक एमएल सीधैं मुटुमा दिइन्छ, साथै मुटुको मसाज पनि जरुरी हुन्छ । डिलेड प्वायजनिङमा नर्मल स्लाइन नसाबाट दिनुपर्छ । एसिडोसिस रोक्नको लागि ग्लुकोज मुख वा गुदाबाट दिइन्छ । यसको सट्टा १ः६ मोलर लेक्टेट पनि दिइन्छ । कलेजोको नोक्सान रोक्न उच्च कार्बोहाइड्रेट र कम बोसो भएको खानाको साथै प्रचुर मात्रामा भिटामिन बी कम्प्लेक्स आवश्यक हुन्छ । यो त भयो ग्याँस रूपमा लिएको क्लोरोफार्म प्वायजनिड्ढो विवरण । अब यसको द्रव रूप निल्दा के हुन्छ, त्यो पनि हेरौं ।
द्रवरूपमा क्लोरोफार्म निलेपछि इरिटेशनको लक्षण देखा पर्छ, जसलाई कोमाले छोपिदिन्छ । रोगीको मुख, घाँटी र पेटमा सर्वप्रथम जलनयुक्त दुखाइ हुन्छ । लगत्तै बान्ता र पखाला चल्छ । बान्तामा क्लोरोफार्मको गन्ध हुन्छ र रगत पनि मिसिएको हुन सक्छ । यो लक्षण १० मिनटसम्म रहन्छ, त्यसपछि मान्छे चेतनाशून्य हुन्छ । आँखाको नानी फैलिन्छ र साइनोसिस हुन्छ । छाला चीसो हुन्छ र पसिनाले भिज्छ । नाडी मधुरो र अनियमित हुन्छ । सास हलुका र बल लगाएर लिएजस्तो हुन्छ, जसलाई स्टेरिटोरियस रेसपिरेशन भनिन्छ । त्यसपछि मुटु वा फोक्सोको पक्षाघात भएर मृत्यु हुन्छ ।
जो बाँच्छ, उसलाई कमलपित्त भएर कलेजोको वृद्धि हुन्छ । ३० देखि ९० एमएल क्लोरोफार्मको द्रव मृत्युकारक हुन्छ तर त्यसभन्दा बढीमा पनि रिकोभरी देखिएको छ । मृत्यु प्रायः पाँचदेखि छ घण्टामा हुन्छ तर मृत्यु केही मिनेटमा पनि हुन सक्छ वा केही दिनपछि पनि हुन सक्छ । उपचारमा आमाशयलाई मनतातो पानी वा दूधले सफा गरेर नरम पेय दिनुपर्छ र छालामुनि एड्रिनलिन, डिजिटलिस, कैफिन र एट्रोपिन आदि दिनुपर्छ । मस्टर्ड प्लास्टरले शरीरलाई तातो राखिन्छ । आक्सिजन र कृत्रिम श्वासप्रश्वास जरुरी हुन्छ । क्लोरोफार्म एनेस्थेसियाले यदि मृत्यु हुन्छ भने तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ अन्यथा चिकित्सकको लापरवाहीले मृत्यु भएको ठहर्छ । क्लोरोफार्मको विषाक्तता दुर्घटनास्परूप नै बढी हुन्छ । यसबाट आत्महत्या वा हत्या धेरै कम देखिएको छ । यसले बेहोश पारेर डकैतीको घटना पनि किन सफल हुँदैन भने बेहोश हुनु पहिले मानिसले धेरै सङ्घर्ष गर्छ । सुतेको बेला यसबाट बच्चालाई त बेहोश पार्न सकिन्छ र बच्चाको शल्यक्रियामा पनि यही देखिन्छ । तर वयस्क सुतेको सुत्यै हुन सक्दैन । त्यसले अवश्य निद्राबाट ब्यूँझेर सङ्घर्ष गर्छ । यदि मान्छे कमजोर छ वा आक्रमणकारीको सङ्ख्या धेरै छ भने अवश्य बेहोश हुन सक्छ । क्लोरोफार्मलाई फोक्सोले एक घण्टाभित्र बाहिर निकालिदिन्छ । धेरै कम मात्रा नै पिसाब र पसिनाबाट निस्कन्छ । अस्तु !