प्रस, परवानीपुर, ८ साउन/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती ऐन चाँडै ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री भएको आठ दिनपछि गृहनगर वीरगंज आएका उनको स्वागतमा नेकपा एमाले पर्साले मनमोहन नगर पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री गुप्ताले ऐन नआउँदा निमामती कर्मचारी खटनपटनमा समस्या आइरहेकाले तीन महीनाभित्रै उक्त ऐन प्रतिनिधिसभाबाट पास गराउने मन्त्रालयले तयारी गरिरहेको बताए ।

निजामती ऐन चाँडै ल्याउँछु –मन्त्री गुप्ता

उनले कर्मचारी सरुवाको उचित मापदण्डको सिद्धान्त पनि आफ्नै पालामा बनाइ कर्मचारी सरुवालाई सहजता प्रदान गरिने बताए ।

उनले भने, “अब जो कर्मचारी सरुवा हुन्छ, दिगो समयको लागि हुन्छ, राजनीतिक दलको दबाबले, जनप्रतिनिधिको दबाबले, एक/एक महीनामा प्रमुख प्रशासकीय अधिकृत पालिकामा परिवर्तन भइरहने बेथितिलाई व्यवस्थित गरिन्छ ।”

कार्यक्रममा एमाले नेता जालिम मियाँ, पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, पर्सागढी नपाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नपाकी उपप्रमुख सुषमा कुशवाहालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here