प्रस, परवानीपुर, ८ साउन/
पर्साको बर्वाटाँडीमा जारी प्रथम टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि बागेश्वरी चैनपुरले जितेको छ । पर्सागढी नगरपालिका–४ बर्वाटाँडीमा भएको फाइनल खेलमा पर्सागढी नगरपालिका–७ बागेश्वरी चैनपुरले जिङ्गना पचरुखीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रथम टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
टस जितेर जिङ्गना पचरुखीले बागेश्वरी चैनपुरलाई ब्याटिड्ढो निम्तो दिएको थियो । बागेश्वरी चैनपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनाएको थियो । जिङ्गना पचरुखी भने १२ ओभरमा सबै विकेट गुमाएर ३३ रनमा समेटियो ।
प्रतियोगीतामा तेजनारायण महतो ‘प्लेयर अफ दी म्याच’ र मिथलेश यादव ‘प्लेयर अफ दी सिरिज’ घोषित भए । प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सदस्य राजेश चौरसियाले विजयी, उपविजयी र उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।