प्रस, परवानीपुर, ८ साउन/
वीरगंज–१० आदर्शनगर खेलमैदानमा फलामको गोलपोस्ट ढलेर एकजना विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारागढी गापा–३ बस्ने बृजकिशोर चौधरीका १२ वर्षीय छोरा उज्ज्वल चौधरी रहेको प्रहरीले जनाएको छ । पोल ढलेर घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । वीरगंजको बिर्तास्थित मूनलाइट सेकेन्ड्री स्कूलमा कक्षा ४ मा अध्ययनरत छात्र चौधरी हिजो साँझ फूटबल खेल्ने क्रममा गोलपोस्ट ढलेर खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा एडभान्स मेडिकेयर हस्पिटलमा उनको निधन भएको चिकित्सकले बताए । उनको शव शल्यपरीक्षण गरी आज परिवारको जिम्मा लगाएको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए ।